Skip to content
Home » Blog » जेन-जी नेपालद्वारा कुलमानको नाम प्रधानमन्त्रीमा प्रस्ताव

जेन-जी नेपालद्वारा कुलमानको नाम प्रधानमन्त्रीमा प्रस्ताव

भाद्र २६, काठमाडौँ:
जेन जीकै नाममा सार्वजनिक अर्को एउटा विज्ञप्तिले भने सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ । यसले फरक-फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको छ। ‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेन जीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

बालेन्द्र शाहले रुची नदेखाएको र हर्क साम्पाङले सबैको नेतृत्व गर्न नसक्ने भएकाले आफूहरुले कुलमान घिसिङलाई अघि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘बालेन्द्र साहले रुची नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेर माथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्ति व्यक्ति, सबैले रुचाएको इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ ।’

यसअघि Gen-Z को अर्को समूहले भने सुशीला कार्कीमा सहमति भएको बताएको थियो। सुशीला कार्कीले भने आफू नेतृत्व लिन तयार रहेको बताइरहनुभएको छ। सैनिक मुख्यालयमा कार्की आफैं उपस्थित भएर छलफल गरिरहनुभएको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *