भाद्र २७, काठमाडौँ:
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थालाई आफ्ना शाखा कार्यालय र एटिएम सञ्चालन गरि त्यसको जानकारी दिन निर्देशन दिएको छ । खुलेका शाखा कार्यालय र एटिएमको बारेमा आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । सम्पुर्ण शाखा कार्यालय खोल्न नमिले पनि केहि शाखा कार्यालय खोलेर भएपनि सेवा दिनका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो ।
