भाद्र ३१, काठमाडौँ: ऊर्जामन्त्री कुलमान घिसिङका यी ५ निर्णय
१. पुनर्निर्माण आरम्भ – क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको यकिन मूल्यांकन गरी तत्काल पुनर्निर्माण कार्य अघि बढाइने।
२. साझेदारी अभियान – “हाम्रा सार्वजनिक संरचना हामी आफैं बनाउनेछौँ” भन्ने राष्ट्रिय अभियान सञ्चालन गरी देश-विदेशका नेपालीलाई सहभागी गराएर पारदर्शी पुनर्निर्माण।
३. भ्रष्टाचार नियन्त्रण – मन्त्रालय तथा निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अपनाई तत्काल कारबाही गर्ने।
४. सुशासन कार्यान्वयन – “Right Person in Right Place” को सिद्धान्त कडाइका साथ लागू गर्दै उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिने, असक्षमलाई तुरुन्त हटाउने।
५. ठूला आयोजनामा तीव्रता – रणनीतिक महत्वका ठूला पूर्वाधार आयोजनाहरूलाई प्राथमिकताका आधारमा तीव्रगतिमा सम्पन्न गरी नागरिकलाई प्रत्यक्ष लाभ दिलाउने।
